विद्यार्थीहरुबाट अवैध रुपमा असुलिएको रकम फिर्ता डा.केसीकाे माग


८ असोज, काठमाडौं ।  प्रा.डा.गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एमबीबीएस लगायतका कार्यक्रमको पठनपाठन सुरु गर्न माग गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आफूसँग भएको सम्झौताबमोजिम सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम गम्भीरताका साथ लाग्न समेत माग गरेका हुन् ।   

उनले मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अवैध रुपमा असुलेको सबै अतिरिक्त रकम फिर्ता नभएसम्म कुनै पनि हालतमा आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण र काउन्सिलिङ लगायतका काम अघि बढाइन नहुने माग गरेका छन् । 

केसीले भनेका छन्, “शुल्क तथा सिट निर्धारणको काम माथेमा उच्चस्तरीय कार्यदलले महिनौंको अध्ययनपछि वैज्ञानिक रुपले तोकेको हुनाले नयाँ शैक्षिक सत्रको शुल्क र सिट निर्धारण सोही अुनसार कायम गर्न शुल्कसम्बन्धी निर्णय गर्न आयोगले बनाएको समितिको ध्यानाकर्षण गराउन चाहन्छौं ।” 

उनले आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनको संशोधन, विद्यार्थीहरुबाट अवैध रुपमा असुलिएको अतिरिक्त रकम फिर्ता गरेर पराशर कोइराला प्रतिवेदनको कार्यान्वयन लगायतका मागहरु पूरा नभएमा कुनै पनि बेला सत्याग्रहसहितका विरोध कार्यक्रम सुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार