मकवानपुरमा भएको अटो दुर्घटना हुँदा ७ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ९ । मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । घटनामा मकवानपुर गढी-७, सुकौराकी २३ वर्षीय मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी-७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वर्षी दिलमाया योञ्जन हिरामाया योञ्जनर विकाश योञ्जन मुक्तान घाइते छन् ।

घाइतेमध्ये मनिताको छाती र बायाँ हातमा चोट लागेको छ भने उनकी दुई महिने छोरीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये ५ जनाको डिस्चार्ज भएको छ भने दुई जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
सडकबाट करिब ३० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्