सांसदहरुले गराए कोरोना परीक्षण (फोटोमा)


१ साउन,काठमाडाैं । सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि शुरु हुने भएपछि सांसदहरुले कोरोना परिक्षण गराएका छन् । साउन ३ गते बस्ने प्रतिनिधिसभा बैठका लागि सांसद्हरूले कोरोनाको एन्टिजेट परीक्षण गराएका हुन् ।

संघीय संसद् सचिवालयले बैठकमा उपस्थिति हुनेहरूका लागि कोरोनाको एन्टिजेन परीक्षणका लागि शुक्रबार संघीय संसद भवनमा आवश्यक व्यवस्था मिलाएको थियो । सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल लगायत सत्तापक्ष र प्रतिपक्षका सांसद्हरूले कोरोना परिक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज