आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


१२ असोज, काठमाडौं । आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाइदै आएको छ ।

नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । 

बदलिँदो जीवनशैली र सन्तुलित आहारमा अमी हुँदा बिकासशील मात्र होइन बिकसित मुलुककै लागि पनि मुटु रोग चुनौति बनिरहेको छ । मुटु रोग नसर्ने रोग हो ।

विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन्। मुटुरोगलाई संसारकै एक नम्बरको मृत्युको कारण मानिन्छ ।

नेपालमा पनि हृदयघात सम्बन्धी रोगहरूको दर पाँच प्रतिशत छ भने उच्च रक्तचाप २० देखि २५ प्रतिशतसम्म छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार