झापाको अर्जुनधारामबाट विष्फोटक पदार्थ बरामद


१३ असोज, झापा । प्रहरीले भण्डारण गरी राखेको विष्फोटक पदार्थ बरामद गरेको छ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट विष्फोटक पदार्थ बरामद गरिएको हो।

चियाको बोटमा हाल्ने औषधि हो भनी लुकाई छिपाई राखेको अवस्थामा २५ केजी विष्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

करिब एक महिनाअघि उक्त स्थानमा विष्फोटक पदार्थ लुकाएर राखेको खुलेको प्रहरीको भनाई छ। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार