यातायात व्यवसायीहरुको प्रदर्शन : सवारी साधनको साँचो सरकारलाई बुझाउने


१० साउन, काठमाडौं । यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै आज पनि प्रदर्शन गरेका छन । आईतबार बिहान यातायात व्यवसायीहरुले माइतीघरमा प्रदर्शन गरेको हुन । सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा प्रदर्शन गरीएको थियो ।

यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने यातायात व्यवसायीहरुको माग रहेको छ । साथै व्यवसायीहरुले आफ्नो सवारी साधनको साँचो सरकारलाई बुझाउने तयारी गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज