स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त


१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुुक्त गर्नु भएको हो ।

धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको हो । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ५ सदस्यीय मन्त्रिमण्डल बनाएपनि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । आज एक राज्यमन्त्रीको थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज