एमाले पार्टी फुटको संघारमा होईन एकताको नजिक छ-रावल


१० साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता भीम रावलले एकता कार्यदलले गरेको १० बुँदे सहमति अनुसार नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा एमाले एकताका लागि प्रयास गरिरहेका सांसदहरुले आयोजना गरेको छलफल कार्यक्रममा रावलले अहिले आफुहरु एकताको नजिक रहेकाले कार्यदलले जुटाएको सहमतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।

विगतका गल्ती कमजोरीलाई समीक्षा गर्नुपर्ने र समयसँगै अब अन्तरविरोधहरु कम गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो ।

रावलले १० बुदे सहमतिका लागि अधिकतम प्रयास गरेको र यसलाई कार्यान्वयन गराउनका लागि सांसदसंग आग्रह गरिएको धारणा राख्नुभयो । उहाँले एमाले एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सांसद कृष्ण प्रसाद दाहालले १० बुँदे सहमति हुँदाहुँदैपनि समस्याहरु समाधान हुन नसकेकाले एकतामा समस्या भएको बताउनुभयो । स्वार्थ केन्द्रीत विवादलाइ अन्त्यगर्नुपर्नेमा सांसदहरुको जोड रहेको उहाँले बताउनुभयो ।

अन्य सांसदहरुले पनि १० बुदेँ सहमतिकै सेरोफेरोमा रहेर नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने जनाएका थिए । एमाले एकता अभियानमा रहेका सांसदहरुले कार्यदलमा रहेका दुवै पक्षका संयोजकसंग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज