काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप


१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागी बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप हुँदै आएको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय अवधी आज राति १२ बजे सकिदै छ । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज