कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुनेकाँग्रेस पौडेल पक्षको निष्कर्ष


१० साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेको छ ।

महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको सो पक्षका नेताहरुले क्रियाशील सदस्यता छानबिनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

कोरोना महामारीलाई देखाउदै सो अवधीलाई शुन्य समय मानेर केहि समय महाधिवेशन सार्ने प्रयत्न भइरहेकाले त्यस्तो हुन नसक्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताउनुभयो ।

उहाँले स्थगीत भएको वडा कमिटीको अधिवेशन पनि छिटो हुनुपर्ने बताउनुभयो ।कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ । भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज