एमाले कार्यलयमा खिर कार्यक्रम (फाेटाेमा)


१५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सहमति जुट्न बाँकी विषयमा छिटै सहमति जुटाउन पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिएको भन्दै अव अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताउनुभएको हो ।

पार्टीलाई मिलाउन अधिकतम कोसिसमा आफुहरु रहेको र अधिकतम कोसिस गर्ने नाममा अनिश्चिताको स्थिति रहन नहुने उहाँले बताउनुभयो । महासचिव पोखरेलले कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा नै आफुहरुको जोड रहेको धारणा राख्नुभयो ।

त्यस्तै महासचिव पोखरेलले शनिवार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिनुभयो ।

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले असार २८ गते १० बुँदे सहमति गरेको थियो, तर सहमतिमा नेताहरुबीच नै मतभेद रहेपछि विवाद समाधान हुन सकेको छैन । यद्धपी नेताहरुले भने सहमतिका लागि अधिकतम प्रयास गर्ने बताउदै आउका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज