मंगलबार सुन र चाँदीकाे मुल्य घट्याे


१४ असोज, काठमाडौं । मंगलबार पनि सुनको मुल्य घटेको छ ।

सोमबार प्रतितोला सुनको मुल्य ७० हजारमा काराेवार भएकाे थियाे आज मंगलबार प्रति तोला २ सय घटेर  ६९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य पनि घटेको छ । सोमबार प्रतितोला चाँदीको मुल्य ८ सय ४० मा कारोबार भएको थियो ।  आज तोलामा १५ रुपैयाँ घटेर  प्रतितोला ८ सय २५ मा कारोबार भइरहेको पनि संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार