पुर्वका थोरै स्थान र पश्चिमी पहाडी भुभागमा हल्का वर्षाको सम्भावना


१५ असोज, काठमाडौं । आज दिउँसो देशको पश्चिमी, मध्य तथा पुर्वी भुभागमा सामान्य बदली हल्का वर्षाको सम्भावना छ ।

राति देशभरि सामान्य बदलि भई मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

असोज १५ गते बुधबारकाे माैसम पुर्वानुमान रिपाेट

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य बदली, मध्य तथा पुर्वी भुभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केहि स्थानमा साथै मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पुर्वी पहाडी भुभागका १ वा २ स्थानमा मेघगर्जन चट्याङको सम्भावना छ।

 राती:  देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार