नेपाली कांग्रेसले असोज २६ मा चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने


१५ असोज, काठमाडौं । नेपाली कांग्रेसले असोज २६ मा चियापान तथा शुभकामना आयोजना गर्ने भएको छ।

प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाका दिन गरिने चियापान कांग्रेस केन्द्रिय कार्यालयमा हुने प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

पर्वहरुको अवसरमा कांग्रेस गर्दै आएको चियापान उपत्यका बाहिरका जिल्लामा समेत हुने भएको छ ।

०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गरेको चियापानको कार्यक्रम मार्फत सद्भाव आदान–प्रदानको निरन्तरता क्रममा आगामी असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसले चियापान कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार