साउन महिनाको चौथो सोमबार पशुपतिमा देखिएका दृश्य (फोटोमा)


२५ साउन, काठमाडौं । साउन महिनाको चौथो सोमबार पनि हिन्दुधर्मावम्बीहरु व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् । कोरोना महामारीको त्रास बाँकी नै रहे पनि साउनको चौथो सोमबारे व्रतबसी पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनहरुले भगवान शिवको पूजाआज गरी मनाएका हुन ।

पशुपति मन्दिर परिषरमा भक्तजनको भीड लागेको थियो । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

श्रावन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भिड लाग्ने गरेकामा यसवर्ष कोभिडको जोखिम कायमै रहेकाले विगत भन्दा कमै भक्तजनको सहभागिता रहेको थियो । यस वर्ष साउन ४, ११, १८, २५ र ३२ गते गरी पाँच वटा सोमबार परेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज