भ्याक्निपछि मात्रै परिक्षा भन्दै बिद्यार्थीको प्रदर्शन


२६ साउन,काठमाण्डौ ।कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परिक्षा केन्द्र परेका बिद्यार्थीहरुले कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा संचालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

परिक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा कोरोनाको जोखिमको खतरा भएको बिद्यार्थीहरुको भनाई छ । कोरोनाका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परिक्षा स्थगन गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज