लागुऔषधसहित एक जना पक्राउ


१४ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विरगञ्ज महानगपलिका १३ का २८ वर्षीय नजिर हुसेन रहेका छन् । प्रहरीले उनको साथबाट लागू औषध फेनारगन १९९ एम्पुल, नुफिन १९५ एम्पुल, डाईजेपाम १९५ एम्पुल बरामद गरेको छ । 

उनलाई प्रहरीले मकवानपुर हेटौडा उप(महानउगरपालिका ६ स्थित सडक खण्डबाट पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विरगञ्जबाट हेटौडा तर्फ आउँदै गरेको ना ५ ख १४९९ नं। को यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार