काठमाडौं आयो सी चीनफिङको परीक्षण उडानको जहाज


१५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ।

बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।

भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले विमानस्थलले अरू व्यवसायीक उडान रोकेको थियो।

केहीबेर रोकिएका अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान फेरि सुचारू भएका छन्।

सी असोजको २६/२७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति तोकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार