धनकुटामा बस र ट्रक ठोक्किदा १४ जना घाईते


१४ असोज, धनकुटा । धनकुटा नगरपालिका-९ गुठिटारमा आज दिउँसो बस र ट्रक ठोक्किदा १४ जना घाईते भएका छन् ।

दिउँसो सवा १२ बजे धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किदा बसमा सवार १४ जना घाईते भएका हुन् ।

घाईते सबैजनाको तत्कालको अवस्था सामन्य रहेको र निजहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार