संसदको वेबसाइटबाट महराको नाम हट्‍यो


१५ असोज, काठमाडौं । यौन दुर्व्यवाहारको आरोपपछि कृष्णबहादुर महराले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रतिनिधिसभाका सभामुख महराले दुर्व्यवाहारको आरोपपछि मंगलवार दिएका राजीनामा आज(बुधवार) स्वीकृत भएको हो ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ। वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ।

सभामुखको ठाउँ खाली राखिएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार