दाेलखाकाे वोच प्रहरी चौकीमा आगलागी


२९ साउन, काठमाडौं । दोलखामा एक प्रहरी चौकीमा आगलागी भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका ८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको बताईएको छ । उक्त प्रहरी चौकी अस्थायी टहराबाट सञ्चाल हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज