बारामा सेप्टिक ट्यांकी भित्र ५ जनाको शव भेटियो


१६ असोज, काठमाडौं । बारामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो।

स्थानीय जोगा मुखियाका र उनका भाइका परिवारको शव मुखियाको निर्माणधीन घरको सेप्टिक ट्यांकीभित्र भेटिएको प्रहरीले जानकारी दिएको छ ।  एकै ठाउँमा पाँचजनाको शव भेटिएको जानकारी बुधबार राति ८ बजेतिर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको छ ।

सेप्टिक ट्यांकीमा शव भेटिएको हुनाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर अनुसन्धान भइरहेकाले घटना भवितव्य या हत्या भन्ने खुलिनसकेको प्रहरीले बताएको छ । घरमा प्रहरी पुग्दा जोगा मुखियाकी वृद्धा आमा मात्रै भेटिएकी छन्। 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार