काबुलबाट कुबेत हुँदै १२७ जना नेपाली काठमाडौं आईपुगे (फोटोसहित)



१ भाद्र, काठमाडौं । अफगानिस्तानमा अलपत्र परेका नेपाली मध्ये १२७ जना काठमाडौं आईपुगेका छन् । उनीहरु कुबेत हुँदै आज जजिरा एयरको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।

उनीहरुलाई काबुलबाट अमेरिकी एयरफोर्सले उद्धार गरेर कुबेत पुर्याएको थियो । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने सुरक्षा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज