बिहीबार सुनको मूल्य बढ्यो


१६ असोज, काठमाडौं । बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजाे बुधबार सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि बढेको  छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार