सोशल मिडिया !भाईरल कन्टेन्ट की छाडा शब्द ?


-कूल तामाङ

यो समय सोशल मिडियाको समय हो ।यहि सोशल मिडियाबाट धेरैले चर्चा कमाएका छन ।कतिले राम्रो काम गरेर चर्चा कमाए त कतिले खै कसरी भनुम् अँ तपाईले बुझिसक्नुभयो ।

यहि सोसल मिडियाबाट कतिको घरबार भाँडियो त कतिको जोडियो पनि ।यहि प्लेटफर्मबाट कतिले दुनिँयाभर नाम कमाए प्रख्यात भए त कतिको जिवन तहसनहस त भयो नै गुमनाम समेत भए । पछिल्लो समय टिकटक स्टार भनिएकाहरुको डिभोर्ससमेत भएका छन। कहिले के काण्ड कहिले के काण्डले टिकटक भरिएका छन । राम्रो कुरा भन्दा पनि भल्गर र छाडा शब्दको हाबी भएको छ टिकटकमा ।

मैले यसो भनिरहँदा मलाई आरोप पनि लाग्नसक्छ तँ त टिकटक बिरोधी रहेछस् भनेर । अहँ होईन म पटक्कै टिकटक बिरोधी होईन ।तर बिकृतीको बिरोधी चाँही पक्कै हुँ । टिकटक युजरहरुलाई पनि दोष दिन चाँहिन मैले ।

हेर्ने हामी नै पटमूर्ख त्यस्तो । जे जे भनेपनि मुर्छापरि हाँस्ने,रमाईलो मान्ने हाम्रै शैली दोषी हो । पढेलेखेका युवायुवती पनि भाईरल हुने खालको कन्टेन्टहरु खोज्दै भाईरल हुन खोजिरहेका देखिन्छन । भाईरल हुन मा…मु…. लगायतका शब्दहरु सजिलै बोल्न थाले बिना हिचकिचाहट त्यही पनि थोपडा नै देखाएर ।

हामी जहिलेपनि अरुको काण्ड देखाउँदै आफुलाई हिट गराउन खोज्यौँ । अरुको दुख,पिडा,रोदनमा हाम्रो सफलता देख्यौँ । तर त्यहि पिडा आफुमा भईदियो भने के होला कहिल्यै सोच्नु भएको छ ? अहँ छैन किनकी हाम्रो आदत भैसक्यो कन्टेन्टको नाममा अरुको बेईज्जत गर्ने अनि रमाईलो देखाउँदै फलोअर्स र लाईक पाउने ।

यो बानी अब पटक्कै सुध्रिने छैन । किनकी नियमन गर्ने निकाय नै छैन नेपालमा भन्दा केहि फरक पर्देन होला । यो मामलामा युट्युव पनि अछुतो छैन । पछिल्लो समय त केहि युट्युवरको धन्धानै चलिरहेको छ । अरुको चरित्र हत्या गर्ने ।

कमाउ धन्दामा लागेका युट्युबे छयाप्छ्याप्ती भेटिन थालेका छन । अरुको घरझगडा देखाउँदै डलर थाप्न पल्केकाहरु कहिल्यै सुध्रिएनन बरु भाईरल कन्टेन्ट भन्दै कस्को झगडा भैरहेको छ , कस्को सम्बन्ध को संग छ भनी खोजी खोजी भिडियो बनाउने गरेका छन । पछिल्लो समय प्रायाङ्का नाममा भित्रिएको छाडा पनि हेरिसक्नुको छैन ।

यत्तिसम्मकी यीनीहरु सबै सर्बेसर्वा हुन् । केरकार देखि घटना मिलाउने,दोषी प्रमाण खोज्े काम पनि यीनीहरु आँफै गर्छन । न त यीनीहरुलाई प्रहरी प्रशासन चाहिन्छ, न त न्यायधिस नै । सबै काम उनीहरु आफैँ गर्न सक्छन ।

जबसम्म यीनीहरुलाई कार्बाही र नियमन गर्न सरकारले अग्रसरता देखाउँदैन तबसम्म पराकाष्टाको सिमा नाघिसकेको हुनेछ । अनि एउटा डर लाग्दो कालखण्डको जन्म हुनेछ । खैर यो कुरा यहिँ छाडौँ अब लागौँ मुल कुरो तर्फ । शोसल मिडियामा सोचेजस्तो भ्यूज र फलोअर्स कस्ले पाउँछ होला ? अनुमान गरौँ त ।

पक्कै पनि जो स्टार,खेलाडी,अभिनेता,अभिनेत्री छन उनीहरुलाई मानिसले बढी पछ्याईरहेका हुन्छन । फ्यान फलोईङ पनि त्यस्तै हुन्छ ।तर यो कुरालाई नकार्न बाध्य पारियो ।जब एक २१ बर्षिय युवा रातारात भाईरल भए र मेगास्टार बन्दै बिश्वका चर्चित सेलिब्रटीलाई पनि पछि पार्दै सोशल मिडियमा छाईरहे ।

बाह्र बर्षमा खोलो फर्किन्छ भने झैँ एउटा फ्याक्ट्रीमा सामान्य काम गर्ने फ्याक्ट्री वर्करको रातारात भाग्य चम्कियो । ती २१ बर्षयी युवाको नाम हो खाबी लेम(Khaby lame) । उनी सेनेगल निवासी हुन । उनी एक फ्याक्ट्रमा काम गर्छन ।

यो नाम सुनेपछि तपाईले पक्कै उनको भिडियो हेरेको हुनुपर्छ । उनको भिडियो बनाउने शैली अलि फरक छ ।

कुनैपनि असम्भब कामलाई सजिलै सम्भव गराएको भिडियो उनी बनाउने गर्छन ।अरुसंग तुलना गर्दै भिडियो बनाएपछि दुई हातले उसले गरेको काम देखाउने र मुख र आँखाको हाउभाउमा टाउको हल्लाउने उसको नयाँपन हो ।

जुन संसारभरका मानिसहरुले निकै रुचाएका छन । धेरैले उसको भिडियोमा डोयट समेत गरेका छन । चर्चित सेलिब्रेटीले पनि उनको तारिफ गरेका छन । यसैले पनि होला उनको टिकटक अकाउण्टमा अहिले १०५ मिलीयनको हाराहारीमा फलोअर्स छन भने १ बिलियन भन्दा बढी लाईक पाएका छन ।

उनको भिडीयो नेपालमा पनि निकैले हेर्ने गरेको छ । यसै क्रेजकका कारण यूरोपको पहिलो टिकटक मेगास्टार समेत बनेका छन खाबी लेम ।उनले बनाउका सबे भिडियोमा लाँखौ भ्युज जाने गरेको छ । त्यसैले सबै उदाउँदै गरेकाहरुले के सिक्न जरुरी छ भने अरुभन्दा फरक तर नयाँपन शोसल मिडियामा पस्कन सक्नुपर्छ ।
अन्त्यमा चेतावनी
कुनै समय आफनो कला देखाउनका लागी उपयुक्त प्लाटफर्म मानिएको टिकटक अहिले हामी परिबारसंग बसेर हेर्न सक्दैँनौ ।

साना बालबालीकाहरुसंगै बसेर हेरिरहँदा त्यहाँ बोलिएका शब्द,दृश्य र बोलिने संबादले उनीहरुको मष्तिष्कमा कस्तो असर पर्ला हामीले कहिले सोचेनौँ।

न त सरकारले नै यस्ता बिकृती रोक्न चासो देखायो । यसरी समाजमा दिनप्रतिदिन दुर्घन्ध फैलिरहँदा यसको असर कलिला बालबालिकामा परेको छ ।

त्यसैले आफ्ना बालबालीकालाई शोसल मिडियाबाट टाढै राँखौ । बरु पाक शिक्षा खेतबारीको काम र किचनको काम सिकाउने गरौँ । किनकी निषेधाज्ञाका बेला बालबालीकाको बिद्यालय बन्द भएको बेला सिप सिकाउँदा उनीहरुका धेरै कुरा सिक्न सक्छन । जुन जिवनउपयोगी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज