
२३ असोज, काठमाडौं । देशभरको मौसम बिहीबार सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
असोज २३ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
असोज २४ गते शुक्रबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।
असोज २५ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र तराईका भूभागमा सामान्यतया सफा रहने छ ।