प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीसँग परामर्श गर्दै


२३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका बारेमा पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग परामर्श गर्दै छन ।

परामर्श केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरुसँगको छलफलमा चिनियाँ राष्ट्रपति सिको भ्रमणमा उठाउने एजेण्डाको विषयमा परामर्श हुने उनले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै छन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार