कावासोतीमा बस र जीप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु


२३ असोज, नवलपरासी । कावासोती–१६ डण्डामा बुधबार राति बस र बोलेरो जीप एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

काठमाण्डौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको केरा लोड भएको बोलेरो जीप एक आपसमा ठोक्किँदा बोलेरो जीप चालक नवलपरासी पश्चिम जमुनिया  घर भएका २४ वर्षीय  बलियार सुनारको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार