सास फेर्न गाह्रो भएपछि हिरासतमा रहेका महरा अस्पताल भर्ना


२३ असोज, काठमाडौं ।   निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

श्वास फेर्न गाह्रो भएपछि उनलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो ।

बिहीबार बिहानदेखि उनलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार