४३ जना अमर प्रहरी घोषित


२४ असोज, काठमाडौं । प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् ।

आफ्नो स्थापना दिवसमा हरेक वर्ष अमर प्रहरी घोषित गर्दै आएको उसले यस वर्ष पनि राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरेको हो ।

अमर प्रहरी घोषितमध्ये राई विप्लव समूहसँग भोजपुरमा भएको मुठभेडमा मारिएका व्यक्ति हुन् ।

त्यस्तै, प्रहरीले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट १ जनालाई सम्मानित गरेको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई उसले लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार