अनुसन्धान गर्दा पद र अनुहार नहेर्नु-प्रधानमन्त्री ओली


२४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

६४ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको दवाबमा नपरी निष्पक्ष अनुसन्धान गर्न प्रहरी संगठनलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारमा सहभागी सत्तापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषय हेर्न नहुने बताए।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार