भोली देखि मनसुन सक्रिय हुने


१९ भाद्र, आज पनि देशका बिभिन्न स्थानमा हल्का देखि मध्यम खालको बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकोले ठूलो पानी नपरेपनि हल्का बर्षाको सम्भावना रहेको छ । भोलीदेखि भने मनसुन थप सक्रिए हुने महाशाखाले जनाएको छ ।

केहिदिन देखि परेको बर्षाकारण माटो गिलो र खुकुलो भएकाले सानो पानीले पनि पहरो जान सक्ने भएकाले सतकर्ता अपनाउन भने महाशाखाको अनुरोध छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज