सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतकको संख्या ११ पुग्‍यो


२४ असोज, सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको भोटसिपामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ४ महिला, ६ पुरूष र १ बालक रहेका छन्। उनीहरूको पहिचान हुन बाँकी रहेको छ।

बसमा ८० भन्दा बढी यात्रु सवार रहेको र ओभरलोडका कारण गाडीको ब्रेक फेल भइ दुर्घटना हुन पुगेको डिएसपी माधव काफ्लेले जानकारी दिए। 

घाइतेहरू मध्ये  ५९ जनाको धुलिखेल अस्पतालमा र ११ जनाको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए।

बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजेतिर इन्द्रावती गाउँपालिका-१० को भोटसिपा स्थित बडहरे चोकमा दुर्घटनामा परेको हो।

इन्द्रावती गाउँपालिका-९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बस सडकबाट २ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार