सुनको भाउ घट्यो,चाँदी स्थिर


२१ भाद्र,काठमाण्डौ ।आज सुनको भाउमा थोरै गिरावट आएको छ । हिजो आइतबार तोलाको ९१ हजार ५ सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आज साताको दोस्रो दिन १ सय रुपैयाले घटेर प्रति तोला ९१ हजार ४ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन पनि प्रति तोला १ सय रुपौयाँले घटेर तोलामा ९० हजार ९ सय रुपौयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने आज स्थिर रहँदै १ हजार २ सय ३० रुपौयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज