सीको भ्रमणमा पाँच घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने


२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपतिको सी जिनपिङको आज हुने  नेपालको राजकीय भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएको छ भने विमानस्थल दुई दिन नै प्रभावित हुने भएको छ।

चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५:३० को बीचमा  काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । 

भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टू एयरमेन) जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो। विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भिभिआइपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्ने हुन्छ।   

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार