सिन्धुपाल्चोक बस दुर्घटना- ज्यान गुमाउने ११ जनाको नाम सार्वजनिक


२५ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखाल नगरपालिका ६ की संगिता मिजार, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ की हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिका–१० का रितेष आचार्य, सुवास अधिकारी, सुमित पुर्कुटी र मिना मगर, ललितपुर बस्ने इन्द्रावती गाउँपालिका–९ की समिता श्रेष्ठ र जुनादेवी लम्साल तथा मेलम्ची नगरपालिका १३ का अनुश तामाङ रहेका छन् ।

दुर्घटनामा परि घाइते हुनेहरुको बनेपामा रहेको शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार