चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्न निजामती कर्मचारीलाई खटाइने


२६ असोज, काठमाडौं । शनिबार काठमाडौं आउने चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइने भएको छ ।

राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् ।

त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ : १५ बजे आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार