सुन चाँदीको भाउ घट्यो


२७ भाद्र,काठमाण्डौ ।हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । गत शुक्रबार तोलमा ९० हजार ७ सय रुपैँयामा किनबेच भएको छापावाल सुन आज तोलामा चार सयले घटेर ९० हजार ३ सय रुपैँयामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

यस्तै तजाबी सुनको भाउ पनि आज तोलामा चार सयलेनै घटेर ८९ हजार ८ सय रुपैँयामा कारोबार भैरहेकोे छ ।चाँदीको भाउ पनि आज घटेको छ ।

गत शुक्रबार १ हजार २ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज २० रुपैँयाले घटेर १ हजार एक सय ९५रुपैँयामा कारोबार भैरहेकोे महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज