सुनको भाउ बढ्यो


३० भाद्र,काठमाण्डौ ।नेपाली बजारमा आज सुनको भाउ बढेको छ । हिजो ९० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँ तोलामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्यपनि आज तोलामा ६ सयले बढेर ९० हजार ७ सय पुगेको महासंघले जनाएको छ । तेजाबी सुन हिजो प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य भने स्थिर रहँदै प्रतितोला मूल्य १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज