सेयर बजार निरन्तर ओरालो लाग्दै


३० भदौ, काठमाडौ । सेयर बजार परिसुचक नेप्से बुधबार घटेको छ । नेप्सेआज ४०.२६ अंकले घटेर २ हजार आठ सय ८९ विन्दुमा झरेको छ । आज कारोवार रकम समेत खुम्चिएको छ । एक करोड पाँच लाख कित्ता सेयर आज ५ अर्ब ३५ करोडमा किनबेच भएका छन् ।

कारोवार सुरु भएको केही समयसम्म बजार बढे पनि त्यस पछि क्रमश घटन सुरु गरेको थियो । आज कारोवार भएका सबै समुहको शेयर घटेको छ । आज २ सय २२ कम्पनीको शेयर कारोवार भएकोमा १६ कम्पनीको शेयर सामान्य बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज