अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौताप्रति चीनको आपत्ति


३१ भदौ, काठमाडौं । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौताप्रति आपत्ति जनाएको छ । चीनले सम्झौतालाई शीत युद्धको संज्ञा दिँदै आपत्ति जनाएको हो । बेलायत, अमेरिका र अस्ट्रेलियाले हिजो विशेष सुरक्षा सम्झौताको घोषणा गरेको थियो ।

नयाँ सुरक्षा सम्झौता एसिया प्यासेफिक क्षेत्रमा चीनसँग लड्नका लागि उपयोगी हुन रुपमा लिइएको छ । यस सम्झौताको माध्यमबाट अमेरिका, अस्ट्रेलियालाई न्यूक्लियर पानी जहाजलाई प्राविधिक सहयोगपनि उपलब्ध गराइनेछ ।

चीनले यस सम्झौताले हतियारको अन्तर्राष्ट्रिय प्रसारलाई रोक्ने प्रयासमा असहज हुने बताएको छ । चीनले अस्ट्रेलिया–अमेरिका परमाणु पानी जहाजको सम्झौतालाई गैर जिम्मेवारपूर्ण भनेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज