फिफा वरीयतामा नेपालको स्थानयथावत


३१ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्चनिकायफिफाको वरीयतामा नेपालयथावत गरेको छ ।विश्व फुटबलको सर्वोच्चनिकायफिफाले आजसार्वजनिक गरेको नयाँ वरीयतामा नेपालयथावत रहेको हो ।नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ ।

अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमै रहेको थियो ।नेपालले हालै भारतसँगदुई मैत्रीपूर्ण खेल खेलेको थियो ।नेपालले पहिलो खेल भने १–१ गोलको बराबरीमा खेलेको थियो ।दोस्रो मैत्रीपूर्ण खेलमाभारतले नेपाललाई २–१ ले हराएको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १सय७औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ ।नेपालभन्दातल भुटान, बङ्गलादेश,श्रीलंका र पाकिस्तान रहेको छ ।

बङ्गलादेश १सय८९ औं, भुटान १सय८७औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका२ सय ५ औं स्थानमा रहेका छन् ।नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियमयथावत रहेको छ ।

यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमाफ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन्।अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज