काठमाडौं उपत्यकामा चाडपर्व लक्षित कडाइ


१ असोज, काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले कोरोना नियन्त्रणका लागि ७ बुँदे आदेश जारी गरेको छ । आदेश आजबाट लागू हुनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार चार्डपर्व लक्षित कडाई गरिएको हो । जसअनुसार अनावश्यक रूपमा घबाट बाहिर ननिस्कने, एकै ठाउँ धेरै मानिस जम्मा नहुने, चाडबाडका नाममा भोजभतेर, भीडभाड नगर्ने, स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

यस्तै शैक्षिक संस्था (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न÷गराउन नपाउने र गर्नैपर्ने भए सम्बन्धित स्थानीय तहले आआफ्ना क्षेत्रमा संक्रमणको जोखिम विचार गरेर स्थानीय सरोरकारवालासँग छलफल गरी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापनसँग सल्लाह गरेर मात्र सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ।

त्यस्तै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रस्तुत आदेश उल्लंघन गरे कारबाही गरिने चेतानवीसमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज