विदेशी जहाज फेलापरेपछि इन्डोनियसाले बढायो गस्ति


१ असोज, काठमाडौं । दक्षिण चीन सागरमा रहेको आफ्नो टापु वरपर चीनीया र अमेरिकी जहाजहरु फेला परेपछि इन्डोनेसियाको नौसेनाले गस्ती बढाएको छ।

सिमा क्षेत्रमा अस्भाबिक रुपमा अन्य देशका सेनाको उपस्थिति हुन थालेपछि हवाई गस्तीको सहयोगमा उत्तरी नटुना सागरमा सेना तैनाथ गरीएको पश्चिमी फ्लीट कमाण्डर अरस्याद अब्दुल्लाहले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा प्रशस्त माछा पाईने भएकाले सेनाको दलबल सहित माछा मार्न आउने गरेको अधिकारीहरुले जनाएका छन ।सन २०१६ मा पनि बिना अनुमति चिनियाँ टोलीले माछा मारेपछि दुई देशबीच टकराब बढेको थियो ।

सोहीबर्ष मलेसिया र भियतनाम बाट आएका २३ ओटा डुङगाले पनि अबैध रुपमा माछा मारेको इन्डोनेसियाले आरोप लगाएको छ ।यसैबिच इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले देशको सार्वभौमसत्ता र देशको रक्षाको बिषयमा कसैसंग सम्झौता नहुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज