राजपाका सांसद प्रमोद कुमार साह पक्राउ


२८ असोज, काठमाडौं ।  जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् । 

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो । 

सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार