किन गरे एनआरएनएका संस्थापक अध्यक्ष महतोले सम्मेलन बहिष्कार ?


२८ असोज, काठमाडौं। काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् ।

संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनले सम्मेलन बहिस्कार गरेका हुन् । डा. महतोले भने, ‘अनावश्यक राजनीतिक हस्तक्षेप भएपछि सम्मेलनमा अनुपस्थित भएको हुँ ।’

चुनावमा दलगत राजनीति हाबी हुनु दिनुहुँदैन भन्ने आफ्नो भनाई रहेको उनले स्पष्ट पारे । 

संघको होटल हायातमा शुरु सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार