फोरजी ग्राहकहरुलाई नेपाल टेलिकमकाे नयाँ अफर


१९ असोज, काठमाडौं । नेपाल टेलिकमले आफ्ना फोरजी ग्राहकहरुलाई नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले प्रयोगकर्ताका लागी १२५ रुपैयाँमा ४ जीबी डेटा र १०० मिनेट फ्रि भ्वाइस कल पाँच दिनका लागी उपलब्ध गराएको हो ।

एकसाथ डेटा, बोनस र भ्वाइस कल समावेश गरेको यो प्याकेजलाई ‘थ्री इन वान’ अर्थात ‘एउटैमा तीन’ नाम दिएको छ । मोबाइलमा ८१४१५३ डायल गरेर तथा कम्पनीको एनटी एप प्रयोग गरेर यो अफर प्राप्त गर्न सकिने छ ।

यो अफर प्राप्त गरेपछि पाँचदिन भित्र प्रयोग गरी सक्नु पर्ने छ । यो अफरमा प्राप्त हुने चार जीबी डेटा मध्ये एक जीबी अलनेट (टुजी, थ्रीजी र फोरजी) डेटाको रुपमा समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यस्तै बोनसको रुपमा प्राप्त हुने तीन जीबी डेटा भने फोरजीमा मात्रै प्रयोग गर्न पाईनेछ ।साथै टेलिकमले दशैं अघि अफर ल्याउने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज