सहसचिव र उपसचिवसहित विभिन्न पदमा आवेदन खुल्यो


२९ असोज, काठमाडौं ।  लोकसेवा आयोगले सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित दित्तीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
 
निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको लागि दरखास्त खुलेको छ । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलोपटक हो ।

मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

विस्तृत विवरण हेर्नुहोस् :  

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार