तीन नेपाली चेलीलाई अन्तर्राष्ट्रिय युवा अवार्ड


१ कात्तिक, काठमाडौं । तीन नेपाली चेलीले अन्तर्राष्ट्रिय युवा अवार्ड प्राप्त गरेका छन ।

महात्मा गान्धीको १५० औँ जन्मजयन्तीको अवसरमा असोज २६ मा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा नेपाली चेली रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीले उक्त अवार्ड प्राप्त गरेका हुन ।

हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्यक्ष र गौली नेविसङ्घकी नेत्री हुन । अनाथ बालबालिकाहरुको लागि अनाथालय चलाउँदै आएकी परियारले मानसिक रोग सम्बन्धि पनि जनचेतना मुलक कार्यक्रम गर्दै आइरहेकी छन ।

इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डीयाले आयोजना गरेको कार्यक्रममा विभिन्न देशका युवालाई आफ्नो समाज र युवा क्षेत्रमा गरेको कार्यको मुल्याङ्कन गरि छुट्टा छुट्टै अवार्डले सम्मान गरेको थियो ।

नेपालको तर्फबाट रेखा परियारले समाजसेवा र राजनीति लागेर सामाजको लागि गरेकाे कार्यको मुल्यांकन गरि सम्मान गरिएको थियो ।

समाजसेवीको भूमिका र शान्तिको लागि युवा भन्ने विषय कार्यक्रम आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कामको मुल्याङ्कन गरि सम्मान पाउँदा गर्व भएको बताउँदै उक्त अवार्डले आफुलाई अझै समाजिक कार्यमा लाग्न आत्मविश्वास बढेको परियारले बताइन । परियारले विद्यार्थी, बालबालिका, महिला, दलित, र विकट क्षेत्रमा काम गर्दै आएकी छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार