सुनचाँदीको भाउमा गिरावट


५ मंसिर,काठमाण्डौ ।हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउमा गिरावट आएको छ । गत शुक्रबार ९४ हजार ४ सय रुपैयाँ तोलामा किनबेच भएको सुन आज पहिलो दिन तोलामा ७ सयले घटेर ९३ हजार ७ सय रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज घटेको छ । गत शुक्रबार १ हजार २ सय ७५ रुपैँया तोलामा किनबेच भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज